पोखरा, भदौ ५ गते । गण्डकी प्रदेश खेलकुद परिषद् सदस्यसचिव तेजबहादुर गुरुङ, कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष तोरणबहादुर बानियाँ, पोखरा महानगर खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुुर गोदार र महानगर खेलकुद समिति सदस्यसचिव सुभाष खड्कालाई सम्मानित हुनुभएको छ ।
उहाँ चारै जनालाई खेलकुद महासंघ पोखरा महानगर समितिले सम्मान गरेको हो । पोखरामा शनिबार आयोजित महानगर कमिटि विस्तार कार्यक्रममा महासंघले सम्मान गरेको हो ।
पूर्वगृहमन्त्री एवं एमाले नेता खगराज अधिकारी, खेलकुद महासंघका केन्द्रीय अध्यक्ष रमेश पौडेल, महासंघ गण्डकी अध्यक्ष ऋषि गौतम, महासंघका उपहासचिव शान्तामाया परियार, महानगर अध्यक्ष खगेन्द्र क्षत्री, युवा संघका केन्द्रीय सदस्य विष्णु पुन लगायतले सम्मानपत्र, दोसल्ला र अविर लगाएर सम्मान गर्नुभयो ।
देश संघीय संरचनामा गएपछि स्थापना भएका खेलकुदका महत्वपूर्ण पदहरुमा नियूक्तहरु भएकोमा महासंघले चारै जनालाई सम्मान गरेको हो ।