पोखरा, भदौ ५ गते । नेपाल खेलकुद महासंघ पोखरा महानगरपालिका कमिटि विस्तार गरिएको छ । खेलकुद महासंघले संगठन तिव्रता दिएको छ । एक साताअघि महासंघले जिल्ला कमिटि विस्तार गरेको थियो । विस्तार गरिएको कमिटिको अध्यक्षमा खगेन्द्र क्षेत्री, उपाध्यक्ष लक्कि पुन, सचिव सुविन तिमिल्सिना, सहसचिव प्रकाश श्रेष्ठ र कोषाध्यक्षमा रविन अधिकारी चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा सन्तोष बराल, हरि ढकाल, सुवाष तिमिल्सेना, अर्जुन श्रेष्ठ, दीपेन्द्र लामिछाने, दिनेश थापा, सुरज गुरुङ, विश्वास तामाङ, रुपक नेपाली, तेजबहादुर पुन, सन्देश बस्नेत, नसिव भण्डारी, रमेश पौडेल, निलबहादुर पुन, सि.पि ढुंगाना, रेशम थापा रहेका छन ।
त्यस्तै सागर बस्नेत, चादनी हमाल, अभिषेक गौतम, शिबराज बास्तोला, रबि कुँवर, सूर्य लामा, निराजन वि.क.,प्रदिप पौडेल, प्रमिला सुवेदी, अर्जुन सापकोटा, अञ्जली कोइराला, राजेश तामाङ, नविन नेपाली, नारायण सुनार, सविना बास्तोला, सुवासजंग क्षेत्री, मधु सुवेदी, सवनम सुवेदी, हेममाया लाप्चाङ, विष्णु कार्की, सम्झना नेपाली, लक्ष्मी गुरुङ, अर्जुन ढुंगाना, राजन श्रेष्ठ, पुुरुषोत्तम अधिकराी र जगबहादुर थापा रहेका छन् ।
कमिटि विस्तार कार्यक्रमका प्रमुख अतिथि पूर्व गृहमन्त्री एवं एमाले नेता खगराज अधिकारीले खेलकुद महासंघले खेलकुदमा रुचि राख्नेहरुलाई एकिकृत गदै टोलदेखि केन्द्रसम्म संगठन विस्तारलाई तिव्रता दिन आग्रह गर्नुभयो । उहाँले युवाहरुकै काँधमा देशको जिम्मेवारी रहेको बताउदै रचनात्मक र सकरात्मक काममा लाग्न सुझाव दिनुभयो ।
खेलकुद महासंघका केन्द्रीय अध्यक्ष रमेश पौडेलले नेपाली खेल क्षेत्रको विकासका लागि खेलकुद महासंघ सधै लागि रहने बताउदै खेलकुदको विकास र खेलाडीको संरक्षणमा भुमिका खेल्ने बताउनुभयो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य भिम कार्की, खेलकुद महासंघका उपमहासचिव शान्ता माया परियार, खेलकुद महासंघ गण्डकी प्रदेश अध्यक्ष ऋषिराम गौतम, एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, एमाले महानगर कमिटि अध्यक्ष दीपक पौडेल, एमाले कास्की सचिव दामोदर बैरागी, युवा संघ केन्द्रीय सदस्य विष्णु पुन लागयतले बोल्नुभएको थियो ।