पोखरा, भदौ ६ गते ।नेपाल खेलकुद महासंघका अध्यक्ष एवं युवा संघ नेपालका पूर्वअध्यक्ष रमेश पौडेलले सभामुख अग्नी सापकोटाको कार्यशैलीले सभामुख पदको बदनाम भएको आरोप लगाउनु भएको छ ।नेपाल खेलकुद महासंघले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले एमालेले १४ जनालाई कारबाही गरेर विभाजन रोक्न खोज्यो तर प्रचण्डको तामेलीकता सभामुख बनेर कारबाही गर्न ढिला गरेको दावी गर्नुभयो ।
सभामुख जस्तो सम्मानित पदलाई बदनाम गर्ने काम भैरहेको छ उहाँले भन्ुनभयो ‘सभामुखले राजीनामा दिएर पार्टीको काम गर्नसक्छन तर त्यो पदमा बसेर बदनाम गर्न मिल्दैन् । सभामुख कि सच्चिनुपर्छ की पद छाडनुपर्छ ।’ सभामुखको कार्यशैलीले उनलाई फाइदा नहुने र असक्षम सभामुख बन्ने दावी गर्नुभयो । अहिले सेटिङमा प्रचण्ड र उनका कार्यकर्ताहरु लागेर एमाले फुटाउने प्रयास भएको बताउनुभयो ।
सरकार र सभामुखका विरुद्धमा सडक र सदन दुबैबाट प्रतिबाद गरिने अध्यक्ष पौडेलले चेतावनी दिनुभयो ।उहाँले अब एमालेलाई जनताको पार्टी बनाउदै सशक्त ढंगले विकास र समृद्धिको स्पष्ट योजना सहित अगाडी बढाउने बताउनुभयो ।