नेपाल बहुजातीय, बहुभाषिक र बहुसास्कृतिक राज्य हो। विभिन्न जाती र समुदाय अनुसारका पर्व, जात्राहरु विभिन्न कालखण्ड देखि चलिआएको पाईन्छ।नेपालमा मनाईने जात्राहरु मध्ये गाईजात्राको आफ्नै महत्त्व रहेको छ।
धार्मिक बिश्वास अनुसार पद्यपुराणमा उल्लेख यमलोकको मुख्य ढोका बर्ष भरी बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने जनबिस्वास रहेको पाईन्छ।
नेवारी भाषामा ´सापारु` समेत भनेर चिनिने गाईजात्रा कहिलेबाट मनाउन थालिएको भन्ने विषयमा खोज गर्दा मल्लकालिन समयसम्म पुग्न सकिन्छ। भक्तपुरका राजा जगत प्रकाश मल्ले आफ्नो छोराको मृत्यु बियोगले पीडित रानिलाई सान्त्वना दिनका यो जात्रा मनाउने गरेको पाईन्छ। भाद्र कृष्ण प्रतिपदाको दिन प्रत्येक मृत्युकका घरबाट गाईजात्रा निकाली नगर परिक्रमा गरि रानिलाई अबलोकन गराउने गरेको पाईन्छ। आफ्नो छोरा मात्रै नभई अन्य ब्यक्तिको पनि मृत्यु भएको देखाउन र रानिलाई सान्त पार्न यो जात्रा चलाईएको मानिन्छ। पछि कान्तिपुरका राजा प्रतापमल्ले पनि कान्तिपुरमा गाईजात्रा चलाएको पाईन्छ। छोरा चक्रपालेन्द्र मल्लको शोकले पीडित रानी अनन्त प्रियालाई सान्त्वना दिन यो जात्रा चलाएको पाईन्छ। उनले बि.स. १७२७ मा छोराको सम्झनामा रानिपोखरी, जलेश्वर महादेवको मन्दिर समेत निर्माण गरेको पाईन्छ।
यसरी दुबै रानिको पुत्र वियोगान्तसग गाईजात्रा जोडिएको पाईन्छ। जाईजात्राको दिनको एक बर्ष भित्र मृत्यु भएका प्रत्येक घर घर बाट नाच्दै बजाउदै गाईको मुकुटमा सजिएका झाकी निकाली नगर परिक्रमा गराउने गरिन्छ। जाईजात्राको दिनमा देशमा भए गरेका बेथिती बिसङतिको घोचपेच गर्न समेत छुट रहेको पाईन्छ।आजभोलि गाईजात्रा नेवार समुदायमा मात्रै नभएर अन्य समुदायको समेत उस्साहपुर्ण सहभागिता रहेको पाईन्छ।
यस्ता पर्व तथा जात्राले सम्पूर्ण नेपालिलाई एकता, सहअस्तित्व कायम गर्न समेत महत्त्वपूर्ण योगदान गर्छ। नेपालमा हुने यस्ता जात्रा तथा पर्बले पर्यटन ब्यबसायलाई समेत बढाउन मद्धत पुग्छ। जाईजात्राको अबसरमा सरकारले समेत बिशेश समुदायमा रास्ट्रिय बिदा दिने गरेको छ। विभिन्न सास्कृतिक कार्यक्रमका साथ उपत्यका लगायत देशका अन्य शहरमा समेत यो जात्रा घुमघामका साथ मनाईन्छ।

मनाउने विधि
सापारु भनेर मनाउने यस पर्व नेवारहरूको मौलिक पर्व हो । पितृको सम्झनामा नेवार समुदायले यो जात्रा मनाउने गर्दछन । दिवङ्गत आफन्तको सम्झना तथा आत्माको शान्तिका लागि गाईजात्रा पर्व मनाउने गरिन्छ ।
हिन्दुधर्मअनुसार यस पर्वका बारेमा पद्मपुराणमा उल्लेख छ । यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माहरूले यमलोक प्रवेशपाई मुक्ति पाउने गरुड पुराणमा उल्लेख भएको छ । गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलाई श्रदालुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन रहिआएको छ । यस पर्वका क्रममा प्रहसन सामाजिक विकृतिप्रति व्यङग्यात्मक प्रदर्शन नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणका कारुण रसका गीतहरू पनि गाईने चलन छ ।
गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिकरूपमा मनोराजनात्मक तथा व्यङग्यात्मक ढङ्गले विविध कार्यक्रको आयोजना गर्ने र पत्रपत्रिकाहरूमा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङक प्रकाशित गर्ने चलन पनि बढेको पाइन्छ । गाईजात्रा पर्व काठमाडौं उपत्यकालगायत बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा र पोखरामा पनि मनाइन्छ ।

लेखक: TN Devkota त्रिभुवन बिश्वबिद्धालयमा मानबिकी तथा सामाजिक शास्त्र संकायको स्नातकोत्तर तहमा अध्ययनरत बिद्यार्थी हुुनुहुन्छ ।