वल्ड हाप्किडो च्याम्पियनसिपमा नेपालले सहभागीता जनाउने, बन्द प्रशिक्षण भदौ १२ गतेबाट पोखरामा

पोखरा, भदौ ८ गते । रसियामा आयोजना हुने वल्ड हाप्किडो च्याम्पियनसिपमा नेपाली खेलाडीले सहभागीता जनाउने भएका छन् । च्याम्पिएसिप २०२१ अक्टोजबर २२ मा आयोजना हुने भएको छ । च्याम्पियनसिपमा नेपाल हाप्किडो संघले सहभागीता जनाउने भएपछि खेलाडीहरु बन्द प्रशिक्षणमा जुटेका छन् ।


भदौ १२ गतेबाट पोखरा रंगशालामा बन्द प्रशिक्षण सञ्चालन गरिने नेपाल हाप्किडो संघ गण्डकी प्रदेशका उपाध्यक्ष तथा गण्डकी प्रदेश खेलकुद परिषद् कार्यकारी सदस्य तारा थापा मगरले जानकारी दिनुभयो । बन्द प्रशिक्षण सञ्चालनका लागि हाप्किडो संघ गण्डकी प्रदेश सदस्य खेमबहादुर  गुरुङको संयोजकत्वमा समिति गठन गरिएको छ ।

प्रदेश सदस्य कृष्ण कोइराला, हाप्किडो संघ कास्कीका अध्यक्ष रबिन गुरुङ, कास्की उपाध्यक्ष शिलत अधिकारी, कास्की कोषाध्यक्ष पबि गुरुङ, हाप्किडो संघ पोखरा महानगर अध्यक्ष धनराज गुरुङ, कास्की सदस्य चन्द्रकुमारी पराजुली बन्द प्रशिक्षण समितिको सदस्य चयन हुनुभएको छ ।बन्द प्रशिक्षणमा २० जना खेलाडी सहभागी हुने छन् । खेलाडीहरुलाई सिनियर मास्टर कालिबहादुर घर्ती मगर र प्रमुख प्रशिक्षक सुस्मिता गुरुङले दिनुहुने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...