राष्ट्रिय खेलकुद परिषदको स्थापना दिवस पोखरामा मनाइएको छ । परिषदको ५८ औं वार्षिकोत्सव मनाइएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीले परिषद्को ५८ वर्ष केक काटेर मनाएको हो । कार्यक्रममा राष्टिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले केक काटदै खेलकुदको विकास लागि सवैको सहकार्य आवश्यक रहेको बताउनुभयो । खेलकुदमा विवाद गर्नुभन्द मिलेर काम गर्दा खेलकुदको विकासमा सहयोग पुग्ने उहाँले बतानुभयो ।
उहाँले १३ औ साग पोखरामा भब्य रुपमा सम्पन्न भएको बताउदै नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई अझै सफल रुपमा सम्पन्न गर्न सबैको भुमिका महत्वपूर्ण हुने बताउनुभयो ।गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले खेलकुदले सबैलाई एकताबद्ध बनाउने बताउनुभयो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष तथा पोखरा महानगर खेलकुद विकास समितीका अध्यक्ष दिपकबहादुर गोदारको अध्यक्षतामा भएको कार्यक्रममा कास्की जिल्ला खेलकुद विकास समितीका अध्यक्ष तोरण बहादुर बाँनिया, पोखरा महानगर खेलकुद विकास समितीका सदस्य सचिव सुभाष खड्का लगायतले आफ्ना भनाई राख्दै सबैको साझा प्रयासले गण्डकी प्रदेशको खेलकुदमा नयाँ आयाम थप्न सकिने बताउनुभयो ।यसैवीच कार्यक्रममा खेलकुद पदाधिकारी र खेलाडी विच मैत्रीपूर्ण भलिवल खेल आयोजना गरिएको थियो ।