नेकपा एकीकृत समाजदबादी पोखरा १४ र १७ को अध्यक्षमा घताने र आचार्य

पोखरा, भदौ २१ गते । नेकपा (एकीकृत समाजवादी) पोखरा ४ को अध्यक्षमा विजया कोइराला पोखरा, भदौ २१ ग्ते ।नेकपा (एकीकृत समाजवादी)ले आफ्नो संगठन विस्तारलाई वडा तहसम्म तीव्ररुपले अगाडि बढाएको छ । यही क्रममा कास्कीका सबै वडामा कमिटी निर्माण अभियानमा जुटेकोनेकपा एकीकृत समाजवादी पोखरा १४ र १९ मा कमिटि गठन गरेको ।पोखरा १४ मा एलवि घतानेको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन गरेको छ। कमिटिको उपाध्यक्षमा सुवास खत्री केसी, सचिवमा गंगा राई तथा उपसचिवमा ईन्जिनियर अर्जुन विक रहनु भएको छ।


पार्टीका केन्द्रिय कमिटि सदस्य चुणामणी जंगलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई कास्की सहसचिव पुर्ण लामा, डिवि राई, मधुसुदन देवकोटा, अशोक केसी, देवु गिरि, महेन्द्र कुँवर लगायतले बोल्नुभएको थियो । सुवास खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन एलवि घतानेले गर्नुभएको थियो।

यसैवीच नेकपा (एकिकृत समाजबादी) पोखरा महानगरपालिका वडा नं १७ को भेलाले शिवराज आचार्यको अध्यक्षतामा ४५ सदस्यीय वडा कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा ईशारा थापा, सचिवमा रुद्रलाल सुवेदी तथा उपसचिवमा पोष्टराज पौडेल रहनु भएको छ। पार्टी जिल्ला अध्यक्ष धनराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा पार्टीका नेताहरु ओम शर्मा, महाप्रसाद सुवेदी, झपिन्द्रराज रेग्मी,। यदु अधिकारी, चित्रराज वराल, खड्ग हमाल, डा. टङ्क अधिकारी, दाताराम आचार्य, प्रेम थापा, टंक पौडेल लगायतको रहेको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...