काठमाडौं, भदौ २४ गते । नेपालमा कोरोनाभाइरसका एक हजार ५८ जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ५८ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९४.७८ प्रतिशत छ । मन्त्रालयले गएको चौबीस घण्टामा एक हजार ८४५ जना कोरोनामुक्त भएको जनाएको छ ।
गएको चौबीस घण्टामा १४ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दश हजार ८९३जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।