गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली काँग्रेसको प्रधानमन्त्री र मुख्यमन्त्री हुन्छन् भनेर आफुले सपनामा पनि नसोचेको बताएका छन् । नेपाली कांग्रेस, पोखरा महानगरपालिका वडा नं. ६ ले शुक्रबार आयोजना गरेको नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधिको पदस्थापन एवं १०८ औँ विपि जयन्तिका अवसरमा दिप प्रज्वलन कार्यक्रमको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् ।
नेपालका कम्युनिष्टहरुले दुई तिहाईको सरकार चलाउन नसक्दा उनीहरुप्रति जनताको विश्वास घटेको उनले बताए । नेपालको कठिन मोडमा नेपाली काँग्रसले नै सत्ताको बागडोर समालेर ४६, ६२ र ६३ सालको आन्दोलन सफल भएको पोखरेलले प्रष्ट पारे । नेपाली काँग्रेसको नेतृत्वमा नयाँ संविधानको घोषणा भएको स्मरण गर्दै नेपालको लोकतान्त्रिक पार्टी भनेकै कांग्रेस भएको बताए ।
प्रदेश सरकारले प्रदेशका सबै नागरिकलाई कोरोना विरुद्धको खोप समयमा नै लगाइ सक्ने र पोखराको पर्यटन क्षेत्र विस्तारै पहिलाकै अवस्थामा फर्कनेमा आफु विश्वस्त रहेको जानकारी दिए ।
नेपाली काँग्रेस कास्कीका जिल्ला पूर्वसभापति तथा आमन्त्रित केन्द्रिय सदस्य शुक्रराज शर्माले कम्युनिष्टलाई अब जनताले विश्वास नगर्ने भन्दै, अब कांग्रेस देशको ठूलो पार्टी बन्ने दावी गरे । विपि कोइरालाको स्मंरण गर्दै विपिका सिद्धान्तमा नेपाली काँग्रेस अघि बढ्नु पर्ने कुरामा जोड दिए ।
उक्त अवसरमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति पोषनाथ शर्माले सबै नेता कार्यकर्तालाई एकतावद्ध बनाएर कांग्रेसलाई बलियो पार्टी बनाउनुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेस शुभेच्छुक संस्था समन्वय विभागका केन्द्रिय सदस्य तथा क्षेत्रिय प्रतिनिधि दिपकविर कुँवरले काग्रेसका नेताहरुमा हैकमबादी प्रवृत्ति हावी रहेको हँुदा कार्यकर्तामा निराशा छाएको जानकारी गराए । उनले काँग्रेसलाई सच्चिन जोड दिँदै जननेता विपि कोइरालाको आर्दशलाई आत्मसात् गर्ने आग्रह गरे ।
पोखरा महानगर पालिका पूर्व उपमेयर तथा पर्यटन व्यवसायी गणेश बहादुर भट्टराईले आफु कुनै पनि विरुवाको फलखान नेपाली काँग्रेसमा प्रवेश नगरेको बताउँदै फलदिने विरुवालाई मलजल गरि विरुवा हुर्काउन नेपाली काँग्र्स पार्टि रोजेको बताए । नेपालको प्रजातान्त्रिक पार्टी भनेकै नेपाली काँग्रेस भएको ठोकुवा गर्दै नेपाली कांग्रेसले नेपाली जनताको मन जित्नपुर्ने बताए ।
पोखरा महानगर पालिका वडा न ६ का वडा अध्यक्ष जगतबहादुर पहारीले चुनावसंगै पार्टीका नेता कार्यकर्तामा उत्साह आएको बताए । चुनाब प्रजातान्त्रिक प्रक्रिया रहेकोले ब्यक्ति ब्यत्ति बीच गाली गलौज गरेर होइन सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
कांग्रेस पोखरा ६ का नवनिर्वाचित वडा सभापति सन्तोष पौडेलले पार्टीलाई सशक्त ढंगले अघि बढाउन आफू हरदम तयार रहेको बताए । उनले अग्रजहरुको सल्लाह र सुझावलाई मनन गर्दै सबैलाई एकढिक्का बनाउँदै बलियो पार्टी बनाउने र आउँदो स्थानिय चुनावमा पाटिको सम्पूर्ण टिमलाई जिताउने आफ्नो सपना रहेको स्पष्ट पारे ।
पार्टीका निवर्तमान सभापति बलराम गिरी, पूर्व सभापति नेत्रपाणी न्यौपाने, क्षेत्रिय प्रतिनिधि लक्ष्मी बहादुर भट्टराई, क्षेत्रिय प्रतिनिधि पवित्रा थापा, सचिब प्रकाश न्यौपाने लगाएतले कार्यकर्तालाई जगाउने गरी पार्टी अघि बढ्न निर्वाचित पदाधिकारीहरुलाई सुझाब दिएका थिए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण गर्दै पद तथा गोपनियताको शपथ खुवाएर पदस्थापन गरिएको थियो ।
निर्वतमान सभापति बलराम गिरीको सभाअध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्ने व्यक्तिहरुलाई पार्टी सदस्यता प्रदान गरिएको र विपि जयन्ती अवसरमा १०८ दिप प्रज्वलन गरिएको थियो ।