काँग्रेस पोखरा महानगर समितिको निर्वाचनमा १३ सय ४४ मत खस्यो, मतगणनाको तयारी

पोखरा, असोज ९ गते ।नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार पोखरा महानगर समिति चयनका लागि मतदान सम्पन्न भएको छ । शनिबार सम्पन्न मतदानमा १३ सय ४४ मत खसेको छ । महानगरपालिकाभित्र १३७० मतदाता रहेका थिए । मतदान सम्पन्न भएसंगै गणना प्रक्रिया सुरु भएको छ । मतदानस्थल प्रर्दशनी केन्द्रमा मतगणना गर्ने तयारी भैरहेको कास्की काँग्रेसले जनाएको छ ।

बिहान साढे ९ बजे सुरु भएको मतदान साढे ४ बजे सम्पन्न भएको थियो । महानगर समितिको सभापतिका लागि ६ जना चुनावी मैदानमा रहेका थिए ।पोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोला, पत्रकार गंगाधर पराजुली, पोखरा ९ का वडाध्यक्ष रामराज लामिछाने, नेता मिलन तिवारी, पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छे र पत्रकार ज्योति हमाल सभापतिका उम्मेदवार छन् । उपसभापतिमा ६ जनाको उमेद्धारी परेको थियो । उपसभापतिको उमेद्वार प्रयागराज भण्डारी, कृष्णप्रसाद अधिकारी, निर्दोषविक्रम पौडेल, भवसागर बराल, शिव केसी र राजेन्द्र बराल छन ।सचिवमा गणेशबहादुर थापा, टुवराज बास्तोला र सुरेन्द्रबाबु तिवारी उम्मेदवार छन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...