आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड–१९ महामारीकै बीच स्वास्थ्य मापदण्डको पालना गरी भौतिकरूपमा दिवस मनाउन लागिएको छ । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकार संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।
दिवस भव्यरूपमा मनाउन पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको अध्यक्षतामा ४२औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ । ‘टुरिज्म फर इन्क्लुसिभ ग्रोथ’ नाराका साथ नेपालमा दिवस मनाउन लागिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
यसैवीच पोखरामा आज मिनि सडक महोत्सव आयोजना हुदैँ छ । दिवकै अवसरमा पोखराका पर्यटन व्यवसायीले पोखरा खुल्यो भन्ने सन्देश दिन एक दिने सडक महोत्सवको आयोजना गर्न लागेका हुन् । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन(रेवान)पोखराले विश्व पर्यटन दिवसमा मिनि सडक महोत्सव २०७८ आयोजन गर्न लागेको हो । यहाँका व्यवसायीहरु पाहुनालाई सेवा दिन तयार छन भन्ने सन्देश दिन महोत्सव आयोजना गरिएको रेवानका अध्यक्ष लक्ष्मण बरालले बताउनुभयो ।
आज साँझ ५ बजेदेखि राति १० बजेसम्म लेकसाइडस्थित बाराहीचोकदेखि खहरेचोकसम्म करिब डेढ किमिको दूरीमा महोत्सव सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।महोत्सवमा विभिन्न सांगीतिक कार्यक्रमका साथै स्वदेशी तथा विदेशी खानाका परिकार प्रस्तुत प्रस्तुत गरिनेछ । महोत्सवमा पोखराको चर्चित सांगितिक समुहत लक्ष्य व्याण्ड, हिमाली सांस्कृतिक समुहको साथमा नेवार समुदायको लाखेनाच, पञ्चेबाजा, थारु समुदायको प्रचलित थारु भ्mाम्रा डान्स, गन्दर्भ समदायको सारंगी वाजन जस्ता सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने अध्यक्ष बरालले जानकारी दिनुभयो ।