संगठन निर्माणमा एकिकृत समाजबादी, पोखरा १५ मा कमिटि गठन

पोखरा, असोज १७ गते ।नेपाल कम्यूष्टि पार्टी (एकीकृत समाजवादी) ले कास्कीजिल्लामा संगठन निर्माण अभियानलाई अगाडी बढाएको छ । अभियान अन्र्तगत पोखरा महानगरपालिका वार्ड नं १५ मा भेला सम्पन्न गरेको छ । । भेलाले ख्यामनारायण पौडेलको अध्यक्ष्यतामा ३५ सदस्यीय वडा कमिटी चयन गरेको छ ।

कमिटिको उपाध्यक्ष्यमा गुरूदत्तपौडेल, कुमारी गरुङ रहनुभएको छ भने सचिवमा मदन गिरी चयन हुनुभएको छ । भेलाको उद्घाटन गदै नेकपा(एकीकृत समाजवादी)कापोलिटव्यूरो सदस्य श्रीनाथ वरालले आफ्नै पार्टीको झण्डै दुईतिहाईको वहुमतको संसद माथी असंवैधानिकतवरले पटक पटकप्रहार गर्ने र आफैले नेतृत्व गरेको सरकार अनि पार्टी बचाउन नसक्नेहरूको बोलवाल रहेको एमालेले लोकतन्त्र र संविधानको रक्ष ागर्न नसक्ने भएकाले आफुहरूले विद्रोह गरि नयाँँ पार्टीको रूपमा कम्यूनिष्ट पार्टीको पुर्नगठन गरेको वताए ।

 

कार्यक्रममा पार्टीका पोखरा महानगर अध्यक्ष मुक्तीपौडेल, जिल्ला उपसचिव पूर्ण लामा, सचिवालय सदस्यहरु डिवी राई, चित्र वराल, पुनलाल विक, जिल्ला कमिटि सदस्यहरु शर्मिला पौडेल, ख्यामनारायण पौडेल, मुक्ती गुरुङ लगायतले पुष्पलाल, मदन र मनमोहनले देखेको सपनालाई साकार पार्ने दयित्व आफ्नो पार्टीको काँधमा आएको वताउदै सवै भ्रमहरुलाई चिर्दै कार्यकर्ताहरुले जनताको विचमा गएर काम गर्नुपर्नेमा जोड दिए । वडाका जेष्ठ कम्यूनिष्ट नेताओम बहादुर थापाको अध्यक्ष्यतामा सम्पन्नकार्यक्रमको संचालन वेन गरुङ र स्वागतगणेश कार्कीले गरेकाथिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...