बोर्ड सदस्य विद्रोहीद्धारा रासस गण्डकी प्रदेश कार्यालयको निरीक्षण

गण्डकी, असोज १८ गते ।राष्ट्रिय समाचार समिति (रासस) का सञ्चालक सदस्य माधव विद्रोहीले आज पोखरा नयाँबजारस्थित राससको गण्डकी प्रदेश कार्यालयको निरीक्षण गर्नुभएको छ ।निरीक्षणका क्रममा उहाँले रासस गण्डकी प्रदेश कार्यालयबाट भइरहेका सेवा प्रवाह, भौतिक अवस्थिति लगायतको जानकारी लिनुभयो ।


समाचारको गुणस्तरीयतालाई ध्यानदिनु पर्नेमा जोड दिंदै उहाँले गण्डकी प्रदेश कार्यालयको भवन जिर्ण रहेका कारण तत्काल अर्को भवन निर्माण गर्नुपर्ने देखिएको र त्यसको प्रकृया समेत अघि बढेको बताउनुभयो ।समाचार सेवालाई थप प्रभावकारी बनाउनका लािग व्यवस्थापनले चासो दिएको उल्लेख गर्दै उहाँले मनोवल उच्च राखि काम गर्न निर्देशन दिनुभयो ।

सञ्चालक सदस्य विद्रोहीलाई रासस गण्डकी प्रदेश प्रमुख बासुदेव पौडेल, सहायक समाचार दाता हरि प्रसाद बास्तोलाले कार्यालयवाट भई रहेका सेवा प्रवाह भौतिक पूर्वाधार लगायतका वारेमा जानकारी गराउनुभयो । उक्र अवसरमा पोखरास्थित जिल्ला समाचारदाताहरुले आफुहरुले राससमा काम गर्दाका विभिन्न अनुभवनका साथै गर्नुपर्ने सुधार लगायतका बिषयमा धारणा राख्नुभएको थियो ।निरीक्षणका क्रममा पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेल,पोखरास्थित जिल्ला समाचार दाता लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...