पोखरा, असोज १९ गते । नेकपा एमालेका संघीय सांसद पदम गिरीले प्रधानान्यायाधीश चोलेन्द्रशमशेर राणलाई महाअभियोग लगाएर हटाउनुपर्ने बताउनु भएको छ । मन्त्री परिषद्मा प्रधानन्यायाधीशले भाग खोजेको समाचार आएका छन्,’ गिरीले भन्नुभयो,‘ यदी भाग खोजेको सत्य हो भने, प्रधानान्यायाधीशलाई महाअभियोग लगाएर हटाउनु पर्छ ।’
पोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद गिरीले प्रधानन्यायाधीश नै मन्त्री परिषद्को भागवण्डामा जोडिनु गम्भीर विषय भएको र यसले न्यायालयप्रतिको विश्वास र गरिमालाई आँच पु¥याएको बताउनुभयो । आवश्यक नभएको ठाउँमा प्रधानन्यायाधीशको हस्तक्षेपले न्यायालयको निष्पक्षतामा प्रश्न उब्जिएको भनाइ गिरीको छ ।