पोखरा महानगर प्रमखु जिसी केही दिनपछि पोखरा आउने

पोखरा, असोज १९ गते । पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । मष्तिस्कघात भएपछि काठमाडौमाको बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना हुनुभएको थियो । दोश्रो पटक कार्निओप्लाष्टीको शल्यक्रियाका लागि काठमाडौंको अस्पतालमा भर्ना हुनु भएका महानगरपालिकाका प्रमुख जिसी आज अस्पतालबाट डिस्चार्ज हुनुभएको हो ।

उहाँको शल्यक्रिया सफल भएको र टाउकोको टाँका पनि खोलिएको प्रमखुका प्रेस संयोजक माधव बरालले जानकारी दिनुभयो । कार्निओप्लाष्टी सर्जरी भनेको टाउकोको माथिल्लो भागको हड्डी प्रत्यारोपण गर्ने हो । मतिष्तस्कघातका कारण टाउकोको भित्री भाग सुन्निएपछि सो हड्डी बाहिर निकालेर उपचार गरिन्छ । भित्री घाउ ठिक भएपछि सो हड्डी प्रत्यारोपण गर्ने गरिन्छ ।

 

फिजियोथेरापी बाहेक अन्य सबै उपचार पूरा भएको र अब केही दिनभित्रै प्रमुख जिसी पोखरा आउने संयोजक बरालले बताउनुभयो । उहाँ पोखरा आएपछि आफनै निवास पोखरा १२ मा रहेको आराम गर्ने बताइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...