खेलकुद सबैका लागि आवश्यक : कार्यबाहक प्रमुख गुरुङ

पोखरा, असोज २५ गते । पोखरा महानगरपालिका वडा नम्वर ५ को आयोजना तथा सुर्य चन्द्र विकास समाजको व्यवस्थापनमा दोश्रो वडा स्तरिय ब्याडमिन्टन प्रतियोगिता सोमबार सम्पन्न भएको छ । प्रतियोगितामा निराजन थापा र गोविन्द बहादुर थापाको जोडी प्रथम भएको छ । त्यस्तै नबिन पराजुली र ऋषिराम बरालको जोडी दोश्रो स्थान प्राप्त गर्न सफल भए । त्यस्तै प्रतियोगितामा कृष्ण प्रसाद बराल र माधव प्रसाद बराल तथा द्रोणराज बराल र दिपक लामिछानेको जोडीले तेश्रो स्थान प्राप्त गर्नुभयो ।

कुल १८ जोडी सहभागी भएको उक्त प्रतियोगिताको प्रथम हुने जोडीलाई नगद १५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै दोश्रो हुनेलाई नगद १० हजार सहितट्रफि, मेडल, प्रमाणपत्र र तेश्रो हुनेलाई नगद ३ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।त्यसैगरि प्रतियोगिताका जेष्ठ खेलाडी बिधाको ट्रफि नगेन्द्र घर्ती, अनुशासित खेलाडी बिधाको ट्रफि हिमलाल त्रिपाठी र नगद २ हजार सहित उत्कृष्ट खेलाडीको ट्रफि निराजन थापाले प्राप्त गरे ।

 

समापन कार्यक्रममा पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले पोखरालाई खेलकुदको सहर बनाउने योजना अन्र्तगत महानगर खेलकुद विकास समिति गठन गरेर अगाडी बढेको बताउनुभयो । उहाँले स्वास्थ्यका लागि खेलकुद राष्टका लागि खेलकुद भन्ने नारालाई आत्मसाथ गदै खेलकुदको विकासमा अगाडी बढेको बताउनुभयो । खेलकुदले मानिसलाई शारीरिक र मानसिक रुपमा स्वस्थ बनाउने र क्रियाशिल बनाउने भएकाले खेलकुद सबैका लागि आवश्यक रहेको बताउनुभयो । उहाँले प्रतियोगितामा जित्नु भन्दा सहभागि हुनुनै ठुलो कुरा भएको बताइउनुभयो ।

 

त्यस्तै प्रतियोगिताका संयोजक तथा वडा ५ का जनप्रतिनिधि उज्वल खत्रीले खेलकुदले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने हुँदा खेलकुदमा आकर्षिक गर्न प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।समापन कार्यक्रममा स्वागत मन्तब्य वडा ५ का जनप्रतिनिधि हरिमाया बिकले गर्नुभएको थियो भने सञ्चालन वडा सदस्य अञ्जु क्षेत्रीले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...