पोखरा, कात्र्तिक ३ गते । नेकपा एमाले कास्कीले नेपालीहरुके महान पर्व विजयादशमी, दिपावली, छठ, ईद, उभौली, ल्होसार २०७८ एवं नेपाल सम्वत ११४२ लगायत चाडपर्वको अवसरमा बुधरबा पोखरामा शुभकामना आदान प्रदान तथा चियापान सम्पन्न गरेको छ ।
चियापान कार्यक्रममा एमाले कास्कीका नेता कार्यकता, समर्थक र शुभेच्छुकको ठूलो सहभागीता रहयो ।
एमालेको निमन्त्रणमा सत्ता गठबन्धनका कुनैपनि पार्टीका नेता तथा कार्यक्रता सहभागी भएनन् ।
चियापान कार्यक्रममा नेकपा एमाले फुट्को प्रभाव खासै देखिएन । विगतमा जस्तै एमालेको चियापान कार्यक्रम भब्य देखिएको थियो।