सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

काठमाडौं, ३ कात्तिक/सुनसरी, ईनरुवा नगरपालिका-४ पानिट्याङ्कीस्थित सडकमा प्रदेश २-०३-००१ ख ३३९४ नम्बरको बसले को.२ ह ४६८४ नम्बरको सिटिलाई मंगलबार दिउँसो ठक्कर दिँदा सिटिका चालक हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।चितवन, राप्ती नगरपालिका-५ स्थित सडकमा ना.६ ख ८८६ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुषको मंगलबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

धनुषा, मिथिला नगरपालिका-५ औरही पुलस्थित सडकमा बा.१९ च ७००८ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...