१२ वर्षदेखि १८ वर्षमुनिकाका लागि एक लाख ६२० डोज फाइजर खोप आउदै

काठमाडौं, कात्तिक ७ गते । अमेरिकाबाट एक लाख ६२० डोज फाइजर खोप सोमबार नेपाल आइपुग्ने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटमार्फत यसबारे जानकारी दिएको हो ।


अमेरिकाबाट आउने फाइजर खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी र किशोर–किशोरीलाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसअघि नै जनाइसकेको छ ।यसअघि गत जुलाईमा अमेरिकाले १५ लाख ३० हजार डोज जोन्सन एण्ड जोन्सनको खोप पठाएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...