पोखरा, कार्तिक १४ गते ।पोखराका क्रियाशील पत्रकार कमल पौडेल अथक मित्रमिलन पत्रकारिता पुरस्कार २०७८ बाट पुरस्कृत भएका छन् ।
पोखराको नयाँवजारमा कार्यालय रहेको मित्रमिलन बचत तथाऋण सहकारी संस्थाको आठौं साधारण सभा समापनको अवसरमा शनिवार पत्रकार अथकलाई पुरस्कृत गरिएको हो ।
राष्ट्रिय सहकारी बैंक पोखराका प्रमुख नरेश पाण्डे र संस्थाका अध्यक्ष रमन पौडेलले नगद रु २५ हजार, सम्मानपत्र, दोसल्ला र फूलमालाले अथकलाई पुरस्कृत गरेका हुन् । सम्मानित पत्रकार अथक दुई दशकदेखि पोखरामा पत्रकारिता गर्दै आएका छन् । नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद सदस्य समेत रहेका उनी रेडियो सराङकोटका समाचार प्रमुख एवं समयदृष्टि अनलाइनका सम्पादक समेत हुन् ।
आफू पुरस्कृत भएपछि वोल्दै पत्रकार अथकले पुरस्कारले पत्रकारिताको क्षेत्रमा हौसला थपेको वताए । उनले पत्रकारीताको धर्म नभुली पत्रकारिता गर्नको लागि यो पुरस्कारले उर्जा थपेको वताए । सो अवसरमा वोल्दै राष्ट्रिय सहकारी बैंक पोखराका प्रमुख नरेश पाण्डेले सहकारीहरुले वित्तिय साक्षरतालाई जोड दिनु पर्ने वताए । उनले सदस्य र ग्राहक मैत्री कारोवार छुट्याएर काम गर्न आग्रह गरे । उनले नियमितवचत ६० देखि ७० प्रतिशत पुर्याउन सके सहकारी संस्था सफल रहेको मानिने वताए ।
उपभोक्तामञ्च गण्डकीका अध्यक्ष कपीलनाथ कोइरालाले सहकारी संस्थाले सामाजिक अगुवा एवं विशुद्द श्रमजीवी पत्रकारलाई पुरस्कृत गरेकोमा गर्ब लागेको वताए । सो अवसरमा सस्थाले उत्कृष्ट शेयर सदस्यतर्फ राजकुमार श्रेष्ठ, विष्णुमाया वराल, टंकप्रसाद खनाल, कृष्णराजअधिकारी सम्मानित भएका छन् ।
त्यसैगरी उत्कृष्ट वचतकर्ताको रुपमा सीता अधिकारी र राम वराल, लक्ष्मण वराल सम्मानित भएका छन् । उत्कृष्ट कर्जा सदस्यबाट देवेन्द्र वराल र केशवकुमार वस्नेत सम्मानित भएका छन् । त्यसैगरी सक्रीय सदस्यतर्फ माया अधिकारी सम्मानित भएकी छन् । उत्कृष्ट कर्मचारी तर्फ अमृता मरासिनी र कसेरी सेवा केन्द्रका सुमित्रा वराल सम्मानित भएका छन् ।