पोखरा, कात्तिक १४ गते ।नेकपा एमाले वडा नम्वर ७ ले कार्यकालको सुरुवात गरेको छ । एमालेको कात्तिक ७ गते सम्पन्न अधिवेशनबाट सर्वसम्मत निर्वाचित वडा कमिटिले समाजमा सकरात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले सरसफाई कार्यक्रम गरेर कार्य सुरुवात गरेको हो ।
सहिद झपिन्द्र पार्कमा सरसफाई गरेको हो । यस्ता कार्यले समुदायमा सकारात्मक सन्देश जाने हुँदा सामुदायिक कार्यबाट आफ्नो कार्यकालको शुरूवात गरेको कमिटीका अध्यक्ष किशोर बरालले बताउनुभयो । समाजमा सकरात्मक सन्देश प्रदान गर्ने हेतुले वडाले काम गरेको उहाँले बताउनुभयो ।
यसैवीच वडा कमिटि बैठक समेत सम्पन्न भएको छ ।बैठकले कार्यसमितिको पुणता दिनुका साथै आगामी कार्यक्रम पोखरा ७ घारिपाटनमा कात्तिक १६ गते साँढे तीन तिस बजे पर्वहरुको शुभकामना आदानप्रदान कार्यक्रम गर्ने गर्ने निर्णय गरेको छ । बैठकले थप सदस्य हरुको सपथ ग्रहण, निर्वाचन मण्डललाई धन्यवाद ज्ञापन, निर्वाचित अग्रजहरुलाई बधाई ज्ञापन कार्यक्रमका साथै वडा कमिटिकाहरुलाई अभिमुखिकरण कार्यक्रम राख्ने निर्णय गरेको छ ।
कार्यक्रममा वडा नम्बर ७ मा रहेका अग्रजहरुको पनि उपस्थिति रहेको थियो भने अग्रज ओम गौचन र तेजनारायण अधिकारीले शुभकामना राख्नु भएको थियो ।कार्यक्रमको संचालन कमिटिका सचिव गणेश श्रेष्ठले र स्वागत उपाध्यक्ष शरदा गिरीले तथा धन्यवाद उप– सचीव दिपक कार्कीले गर्नुभएको थियो ।