पोखरा वडा नम्वर ५ मा प्राज्ञ सम्मानित, साहित्यकार कलाकारबीच देउसीभैलो

पोखरा, कार्तिक १६ गते । पोखरा महानगरपालिका ५ नं. वडा कार्यालयद्वारा साहित्यकार कलाकारबीच परिचयात्मक शुभकामना कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।पोखरा ५ निवासी लोकदोहोरी गायक जीवन दाहाललाई पोखरा प्रज्ञा प्रतिष्ठानको सदस्य हुनुभएकोमा वडाद्वारा दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले साहित्यकार कलाकार समाजका सम्मानित व्यक्तित्व जसले परिवर्तन र समृद्धिका लागि ठूलो भूमिका खेलेको बताए ।

 

कार्यक्रममा जनप्रतिनिधिहरु उज्वल खत्री, हरिमाया विक, अन्जु केसी, सम्मानित व्यक्तित्व जीवन दाहाल, कलाकार राम नेपाली, लेखक रविन्द्र माकाजु, कवि छवि सुवेदी, गायिका अम्बिका भण्डारी लगायतले बोल्नुभएको थियो ।

 

वडा अध्यक्ष धन बहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार कलाकारहरुले आगामी दिनमा साहित्यकार कलाकारलाई केन्द्रित गरेर कार्यक्रम आयोजना गर्न सुझाव दिए । कार्यक्रममा गायक ढकालले देउसीभैलो भट्याएपछि सम्पूर्ण कलाकारहरुले नृत्य गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...