पोखरा, कात्तिक २३ गते ।पोखराबाट लागू औषध दुई महिला पक्राउ परेका छन् । लागू औषध बोकेर हिंडिरहेका दुई जना महिलालाई मंगलबार पोखरा–८ सिमलचौरबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा लमजुङ जिल््ला दोर्दी गाउँपालिका वडा नम्ब्र ७ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ९ बस्ने ३१ व्र्षिया प्रेमा गुरुङ र गुल्मी जिल्ला मालिका गाउँपालिका वडा नम्बर २ घर भई हाल प्रेमाकै डेरामा बस्दै आएकी ३१ वर्षिया कोपिला अर्याल रहेको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ परेका गुरुङ र अर्यालको साथबाट डाइजापाम ७४ एम्पुल, ब्रुफिन, नुर्फिन ७० एम्पुल, फेनरागन ७२ एम्पुल गरि कुल २१६ एम्पुल लागू औषध बरामद गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) सुवास हमालले जानकारी दिए ।दुबै जनालाई जिल्ला अदालत कास्कीबाट ८ दिन म्याद थप गरि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।