पोखरा, कात्तिक २५ गते । पोखराको लेकसाइडस्थित तालबाराही माविका भूपू विद्यार्थीहरुको एक समुह झण्डै ४ दशकपछि भेट्दा भावुक बनेका छन् । २०४० सालको एसएलसी व्याचका विद्यार्थीहरु बिहीबार पोखराको लेकसाइडस्थित बुमर्याङ्ग रेष्टुरेण्टमा भेटघाट गरेका हुन् । पहिलो ब्याचका विद्यार्थीहरुविच भेटका क्रममासाथीहरु एकले अर्कालाई चिन्न समेत हम्मे हम्मे प¥यो ।
कोहि मोटाएका, कसैको कपाल फुलेका कसैका दाह्री । दिमागमा साथीको पु्रानै चित्र लिएर भेटघाटमा उपस्थित हुँदा सबैजना आपसमा दंग परे । पुरानै समयमा फर्किन पाउँदा सबैको मुहारमा अनौंठो खाले हाँसो फुरेको थियो । विस्तारै वर्तमानमा फर्किएपछि फेरी एकपटक नाम ठेगाना र पेशा सहितको परिचय कार्यक्रम गरियो ।
लामो समयपछि बेलायतबाट नेपाल फर्र्किएकी लक्ष्मी थापाले रेवान पोखराका पूर्वाध्यक्ष समेत रहेका बलराम पहारीसंगको समन्वयमा साथीभाईहरुको भेटघाटको चाँजोपाँजो मिलाएकी हुन् । ३२ जना साथीहरु एकै ठाउँमा भेटेपछि उनीहरुले लामो कालखण्डका धेरै कुराहरु आपसमा साटे । आतिथ्यताको व्यवस्थापन मिलाइदिएकोमा उनीहरुले सहपाठी बुमर्याङ्ग रेष्टुरेण्टका संचालक गणेशबहादुर भट्टराईलाई धन्यवाद ज्ञापन गरे । साथै उनीहरुले पुराना साथीहरु आगामी दिनमा संगठित भएर अघि बढ्ने प्रतिवद्धता गरे । भोलिका दिनमा आइपर्न सक्ने समस्यासंग जुध्न कोष खडा गर्ने निर्णय समेत भेलाले ग¥यो ।