पोखरा, कात्तिक २८ गते । पोखरामा डुबेर एक भारतीय नागरिकको मृत्यु भएको छ । आइतार दिउसो पोखरा महानगरपालिका १७ पावर हाउस नजिक फुस्रे खोलामा भारत राजस्थान घर भई हाल गण्डकी मेडिकल कलेजमा डाक्टर कोर्ष प्रथम वर्षमा अध्यायनरत वर्ष २२ का बिश्वास पुनीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको गण्डकी पदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
खोलामा बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी टोली पुगेर खोजी गर्ने क्रममा १० मिटर तल फेला पारी उद्धार गरी उपचारको लागी गण्डकी मेडिकल कलेजमा पठाईएको र उपचारको क्रममा मृत्यु भएको घटनाको प्रहरीले जनाएको छ ।