एमाले केन्द्रीय कमिटिमा कास्कीबाट एक सचिव सहित छ केन्द्रीय सदस्य

पोखरा,मंसिर १३ गते ।नेकपा एमालेको दशाँै महाधिवेशन चितवनमा जारी छ । महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै मध्यरातमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम बन्दसत्रमा घोषणा गरे । अध्यक्ष ओलीले घोषणा गरेको नाममा कास्कीले एक सचिव सहित छ केन्द्रीय सदस्य पाएको छ ।

कास्कीबाट केन्द्रीय सचिवमा खगराज अधिकारी परेका छन् । कास्की क्षेत्र नम्वर १ का प्रतिनिधि सभाका सदस्य अधिकारी अ‍ोलीका विश्वापात्रका रुपमा सचिवको सुचिमा परेका हुन् ।कास्कीबाट खुल्लामा भीम कार्की,राजीव पहारी र कृष्ण थापा ओलीको सुचिमा परेका छन् । त्यस्तै खुला महिलाबाट सिता गिरी वली र विद्या भटराई केन्द्रीय सदस्य हुुनुभएको छ भने जनजाती महिलाबाट मिनाकुमारी गुरुंग ओलीको सुचिमा अटाएकी छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...