परिक्षा स्थगित गरेर काँग्रेसको निर्वाचन गरेपछि विद्यार्थीद्धारा विद्यालयमा तोडफोड र आगजनी

बारा, मंङ्सिर १७ गते । विद्यालय शिक्षा आर्जन गर्ने थलो हो । बालबालिकाले अध्ययन गर्ने थलोमा राजनीतिक दलहरुका गतिविधि हुने गरेका छन् । नेपालका विद्यालयहरु राजनीति गर्ने थलोका रुपमा प्रयोगत भएका छन् । नेपालकै एक जिल्लाको विद्यालयमा परिक्षा स्थगित गरेर पार्टीको निर्वाचन गरिएको छ ।


परीक्षा स्थगित गरी विद्यालयमा राजनीतिक दलको चुनाव गरेको विरोधमा विद्यार्थीले विद्यालयमा तोडफोडसहित आगजनी गरेका छन् । बाराको महागढीमाई नगरपालिका १० गञ्जभवानीपुरस्थित रहेको भोला माध्यमिक विद्यालयका विद्यार्थीले टेबल, बेञ्च र कुर्सी तोडफोड गरी आगजनी गरेका हुन ।

 

मङ्सिर १२ गतेदेखि सुचारु परीक्षा स्थगित गरी बिहीबार बारा निर्वाचन क्षेत्र नम्बर–२ को नेपाली काँग्रेसको क्षेत्रीय चुनाव गर्न लागेको भन्दै कक्षा ६ देखि प्लस टुका बिद्यार्थीले करिब एक दर्जन टेबल, बेञ्च र कुर्सी तोडफोड गरी आगजनी गरेका बारा प्रहरीले जनाएको छ ।

 

परीक्षा स्थगित गरी राजनीतिक चुनाव गर्न लाग्दा एक दिन पहिले नोटिस वा सार्वजनिक सूचना प्रकाशित गर्नुपर्नेमा विद्यालयका प्राध्यानाध्यापक मोहनप्रसाद साह तेलीले त्यसो नगरेको भन्दै विद्यार्थीको समूह आक्रोशित भएर तोडफोड गरेको विद्यार्थीले बताएका छन् । विद्यार्थीको परिक्षा भन्दा राजनीतिक दलको निर्वाचन प्रमुख बनेपछि विद्यार्र्थीहरु आक्र्रोशित भएका हुन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...