काँग्रेस गण्डकीको सभापतिमा शर्मा विजयी,उपसभापति बाहेक सबै पदाधिकारी शर्मा प्यानलका

पोखरा, मंसिर १९ गते । । नेपाली कांग्रेस गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन् । आज विहान सम्पन्न मतगणनामा ६ सय १३ मत ल्याउँदै शर्मा सभापतिमा निर्वाचित भएका हुन् ।

नेपाली काँग्रेसले देश संघीयतामा गएपछि पहिलो पटक प्रदेश समितिको अधिवेशन गरेको हो । काँग्रेस गण्डकीको संस्थापक सभापति बनेका छन् । शर्मा काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल समुहका हुन् ।यता पार्टी सभापति शेरबहादुर देउवा समुहका अर्जुनप्रसाद जोशीलाई पराजित गदै शर्मा विजयी भएका हुन् । जोशीले ५ सय २८ मत ल्याए ।

 

उपसभापतिमा कल्पना तिवारी र मेखलाल श्रेष्ठ , महामन्त्रीमा किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने तथा सहमहामन्त्रीमा कोपिला रानाभाट, रमेशकुमार पाण्डे र रामचन्द्र जोशी विजयी भएका छन् ।उपसभापतिमा निर्वाचित मेखलालबाहेक सबै पदाधिकारी शुक्रराज नेतृत्वको प्यानलका हुन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...