देशमा एमालेको नेतृत्व आवश्यक :केन्द्रीय सदस्य थापा

पोखरा, मंसिर २२ गते । नेकपा एमालेका केन्द्रीय सदस्य एवं कास्की जिल्ला अध्यक्ष कृष्ण थापाले नेकपा एमालेको नीति र सिद्धान्तलाई आत्मसात् गर्दै जनताको बहुदलीय जनवादलाई जनमानसमा पु¥याउन आवश्यक रहेको बताउनुभयो ।

प्रेस चौतारी कास्कीको नवनिर्वाचित समितिको पदस्थापन कार्यक्रममा बोल्दै उहाँले वर्तमान राजनीतिक निकासका लागि पार्टीले लिएको कार्यनीतिलाई सञ्चारमाध्यम मार्फत् आम सर्वसाधारणमा पु¥याउन प्रेस चौतारीले प्रमुख भूमिका खेल्ने अपेक्षा ब्यक्त गर्नुभयो । मुलुकलाई सही ढंगले सञ्चालन गर्न एमालेको नेतृत्व आवश्यक परेकोबारे जनताले थाहा पाइसकेको भन्दै उहाँले आसन्न निर्वाचनमा एमालेलाई दुईतिहाई बहुमत दिलाउन प्रेस चौतारीमा आबद्ध पत्रकारहरु पहिलेझैं खट्ने विश्वास लिएको बताउनुभयो ।

नेकपा एमाले पोखरा महानगरपालिका कमिटि अध्यक्ष दिलिप न्यौपानेले पार्टीलाई प्रचारप्रसार र रचनात्मक कार्यमा सहयोग पुगेकोमा प्रसन्नता व्यक्त गर्दै पार्टी र चौतारी हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । निर्वाचन मण्डलका संयोजक दुर्गा भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी कास्कीका संस्थापक अध्यक्ष पूण्य पौडेल, चौतारी गण्डकीका सहईञ्चार्ज श्याम कुँवर, अध्यक्ष सुष्मा पौडेल, महासचिव रुद्र श्रीष मगर, प्रदेश कमिटि सदस्य एवं निर्वाचन मण्डल सदस्य राम्जीप्रसाद लम्साल, प्रेस चौतारी कास्कीका नवनिर्वाचित अध्यक्ष अर्जुन गिरी लगायतले शुभकामना व्यक्त गरेका थिए । नवनिर्वाचित अध्यक्ष गिरीले अहिलेको पूरा टीम जुझारु, क्रियाशील र योग्य रहेको बताउनुभो ।

आठौं अधिवेशनबाट अध्यक्षमा अर्जुन गिरी, उपाध्यक्षमा मोतीसागर अधिकारी, उपाध्यक्ष (महिला) मा बालकुमारी पौडेल (तारा), सचिवमा रञ्जन अधिकारी, सह–सचिवमा ईश्वर देवकोटा, सह–सचिव (महिला) मा उमा आलेमगर र कोषाध्यक्षमा जीवन सुवेदी निर्वाचित भएका थिए । ३० सदस्यीय कमिटिको २३ जना सदस्यहरुमा पुनम थापामगर, अनुप पौडेल, राजु गिरी, सुरक्षा श्रेष्ठ, विनिता सुनार, अनिता घिमिरे, अर्पण तिवारी, आशीष पुरी, दीपा पौडेल, अर्जुन थापा (मगर), सञ्जय रानाभाट, कृष्ण देवकोटा, रोजी बुढामगर, रेजिना कटवाल, सूर्य परियार, अमृतकुमार भट्टराई, काशीनाथ कुमाल, सबिन रेग्मी, रिजन ढुंगाना (दर्शन), दीपक अधिकारी, दीपेन्द्र शाही, निरज बसौला र शिव बोहरा छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...