पोखराको मौजामा बृहत निशुल्क स्वास्थ्य शिविर

पोखरा, मंसिर २४ गते । पोखरा महानगरपालिका वडा नम्वर २० मौजा स्वास्थ्य चौकीमा दुई दिने बृहत निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । स्वास्थ्य शिविरको पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले गर्नुभयो । उद्घाटनपछि बोल्दै प्रमुख गुरुङले स्वास्थ्य देश विकासको प्रमुख सुचक भएको उल्लेख गर्नुभयो । स्वस्थ नागरिक विना देशमा विकास सम्भव नहुने बताउदै स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार भएको बताउनुभयो ।


उहाँले स्वस्थ नागरिकको सहभागीता विना विकास सम्भव नहुने भएकाले नेपालको संविधानले स्वास्थ्यलाई नैसर्गिक अधिकारका रुपमा स्थापित गरेको बतानुभयो । वडा कार्यालय र नेलम्वो नेपालको आयोजनामा नागरिकलाई स्वास्थ्य सेवा आफनै वडामा प्राप्त गने महत्वपूर्ण कार्यक्रम स्वागत योग्य भएको बताउनुभयो । उहाँले महानगरबासीको स्वास्थ्यका विषयमा गम्भिर रुपमा सेवा प्रवाहलाई सहज र सरल बनाउदै लगेको बताउनुभयो ।
पोखरा २० का अध्यक्ष सिमबहादुर गुरुङले वडाका नागरिकको स्वास्थ्यमा गम्भिर रहेकाले स्वास्थ्य शिविर सञ्चालन गरेको बताउनुभयो । उहाँले विपन्न नागरिकलाई मध्यनजर गदै नेलम्वोको सहयोगमा गाँउमै शिविर सञ्चालन गरिएको बताउनुभयो ।

 

अध्यक्ष गुरुङले नागरिकको सेवा गछौँ भन्ने उद्देश्यले आएकाले उनीहरुको समस्यालाई समाधान गर्ने दायित्व र जिम्मेवारी आफुहरुको भएको बताउनुभयो । पहिलो दिन शुक्रबार मौजाबासी र शनिबार भलामबासीहरुका लागि शिविर सञ्चालन हुने बताउनुभयो ।बृहत निशुल्क स्वास्थ्य शिविर, औषधी वितरण तथा सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको अध्यक्ष र गुरुङले जानकारी दिनुभयो ।

साविकको भलाम र मौजा गाविसमा रहेका विपन्न परिवारलाई लक्षित गरि उक्त शिविरको आयोजना गरिएको भएतापनि शिविरमा मौजासंग जोडिएको मादि गाँउपालिकाका गाँउहरु र पोखरा महानगर पालिका वडा नम्बर १३ र १६ का जनताले समेत सेवा लिन पाउने अध्यक्ष गुरुङले वताउनुभयो ।

 

उक्त शिविरमा स्वास्थ्य परीक्षण, सामान्य चेकजांच, प्रसुति रोगको परीक्षण र उपचार, हाडजोर्नी तथा छालाको उपचार, नाक, कान, घाँटी, दन्त परिक्षण, युरोलोजी तथा जनरल सर्जरी , सामान्य ल्याव परिक्षण (पिसाव आर ई) (रगत सुगर) भिडियो एक्सरे, इसिजि तथा निशुल्क औषधि वितरण साथै दीर्घ रोगको पहिचानका साथै अडियोको माध्यामबाट स्वास्थ्य सम्वन्धी सचेतनामुलक सामाग्रीहरु प्रसारण गरिने नेलम्वो नेपालका अध्यक्ष एकदेव देवकोटाले जानकारी दिनुभयो । उहाँले नेलम्वो नेपालले स्वास्थ्य र जैविक विविधताको क्षेत्रमा काम गदै आएको बताउनुभयो ।

 

उक्त शिविरमा वडा नम्वर २० मा रहेको ५ सय जनालाई उपचारसंगै औषधी वितरण गर्ने लक्ष्य रहेको नेलम्वो नेपाल पोखराका अध्यक्ष एकदेव देवकोटाले जानकारि दिनुभयो । उक्त शिविरमा शल्यक्रिया गर्नुपर्ने विरामिलाई समेत पोखरा ल्याएर समेत उपचार गरिने नेलम्बोले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...