पोखरा, मंसिर २५ गते । नेकपा (माओवादी केन्द्र)ले आज सातै प्रदेशमा एकसाथ प्रदेश अधिवेशन गर्दैछ । अधिवेशनको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने बताइएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । माओवादीले सात प्रदेश सहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गर्ने छ ।
प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, बागमतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुनेछ । यसैवीच गण्डकी प्रदेशको अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । आज पोखरा सभागृहमा अधिवेशन हुने छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।
सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन हुनेछ। प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन्।