पाल्पाली बहुउद्देश्यीय सहकारीको तेस्रो साधारणसभा

पोखरा, मंसिर २५ गते ।पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शनिबार तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।पोखरा महानगरपालिका सहकारी विभागका दर्ता अधिकृत अनिल कार्कीले सभाको उद्घाटन गर्दै सहकारीका सिद्धान्तमध्ये स्वायत्तता र स्वतन्त्रता बढी महत्वपूर्ण रहेको चर्चा गरे । उनले महानगरमा दर्ता भएका सहकारीले ५ लाखसम्मको उत्पादनमूलक कार्यक्रमका लागि ५० प्रतिशत अनुदान दिन थालेको जानकारी दिए । उनले त्यस्तो अनुदान लिन सबै सहकारीलाई आग्रह गरे । उनले पाल्पाली सहकारीले सन्तोषजनक काम गरेको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा सञ्चालक समितिको तर्फबाट अध्यक्ष चिरञ्जीवी श्रेष्ठले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, सचिव रेशमराज थापाले पेश गरेको प्रतिवेदन, कोषाध्यक्ष उमा सापकोटाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा सुपरीपेक्षण समिति संयोजक नारायणप्रसाद पौडेलले पेश गरेको लेखा समितिको प्रतिवेदन सभाले सुधारसहित पारित गरेको छ ।

 

सहकारी अध्यक्ष चिरञ्जीवी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका सहकारी विभागका अधिकृत अर्जुन नेउपाने, सहकारीका निवर्तमान अध्यक्ष एवं पाल्पा हाउसका अध्यक्ष कुलप्रसाद घिमिरे, सञ्चालक समिति उपाध्यक्ष बाबुराम खनाल, सचिव रेशमराज थापा, सल्लाहकार समितिका संयोजक तथा पाल्पाली समाजका संस्थापक सचिव लोकनाथ काफ्ले, पाल्पाली समाज पोखराका पूर्व अध्यक्ष एवं सल्लाहकार जगदीश गौतम, सल्लाहकार जनपुकार मुनकमी, शिक्षा समितिका संयोजक बालचन्द्र परियार, कलम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अर्जुन पोखरेल लगायतले बोलेका थिए ।

 

कार्यक्रममा सेयर सदस्यका एसइई उत्तीर्ण छोराछोरीलाई प्रोत्साहनस्वरुप सम्मान गरिएको थियो । २०७६ असार १३ गते पोखरा महानगरपालिकाको सहकारी विभागका विधिवत दर्ता भएको सहकारीले पोखरा वडा १ देखि १७ सम्म कार्यक्षेत्र विस्तार गरेको छ । सहकारीको कार्यालय पोखरा वडा ९, नयाँबजारमा छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...