गण्डकी प्रदेशका पत्रकारहरूको आर्थिक पत्रकारिता तालिम सम्पन्न

पोखरा, ७ माघ/ नेपाल धितोपत्र बोर्डको आयोजना र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको समन्वयमा गण्डकी प्रदेशका आर्थिक पत्रकारहरूको लागि धितोपत्र बजार र वस्तु विनिमय बजार सम्बन्धी तालिम सम्पन्न भएको छ।

कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्र देव पाण्डेले पत्रकारहरूको लागि नेपालको पूँजी बजार र वस्तु विनिमय बजारको समग्र प्रणालीको बारेमा जानकारी दिनु महत्वपूर्ण रहेको बताए । उनले यस प्रकारका कार्यक्रमहरूले पत्रकारलाई वित्तीय समाचार लेखनमा थप दक्षता प्रदान गर्ने र आम नागरिकलाई आर्थिक सचेतनाका लागि सहयोग पुर्याउने विश्वास व्यक्त गरे। उनले समाचार लेखनमा  पत्रकारहरुले सत्यता र पारदर्शिता पालन गर्न पनि जोड दिए।

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: null;
brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 25;

नेपाल धितोपत्र बोर्डका उप कार्यकारी निर्देशक, निरन्जय घिमिरेले साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार धितोपत्र बजारको नियमन र विकासको बारेमा जानकारी दिँदै, पत्रकारहरूलाई बजारको संरचना र नियामक प्रणालीको महत्त्व बुझ्नका लागि आग्रह गरे।कार्यक्रममा नेपाल स्टक एक्सचेन्जका सहायक प्रबन्धक, मुरारी पराजुली र सिडिएस क्यिरिङका उपप्रबन्धक सुरेश न्यौपाने, नेपाल धितोपत्र बोर्डका सहायक निर्देशक गौरव बरालले नेपाल धितोपत्र बजारको संरचना, दोस्रो बजारमा राफसाफ र फछ्यौट व्यवस्था, एसएमई प्लेटफर्म र वस्तु विनिमय बजारको नियमन, साथै नेपालका पूँजी बजारमा भएका पछिल्ला विकासहरू बारेमा सहजीकरण गरेका थिए ।

 

 

नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका अध्यक्ष, रमेश पौडेलले आर्थिक बिटमा कलम चलाउन चाहाने पत्रकारहरूको थप क्षमता वृद्धिका लागि तालिमको आयोजना गरिएको बताए।तालिमको उद्घाटन सत्रमा महासंघका उपाध्यक्ष प्रकाश  पौडेलले स्वागत  सहित विषयबस्तु माथि प्रष्टाएका थिए।तालिमका सहभागीहरूले  आर्थिक पत्रकारितामा नयाँ दृष्टिकोण थप्ने र वित्तीय क्षेत्रका गहन र तथ्यपरक समाचार तयार गर्न मद्दत पुर्याउने धारणा राखेका थिए । तालिममा  गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट ५०  जना पत्रकारको सहभागिता रहेको महासचिव जमुना वर्षा शर्माले जानाकारी दिइन ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...