दर्शन सहकारीमा सहकारी अभिमुखिकरण

पोखरा । दर्शन बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा पोखरा १७ मा रहेको नेपाल ठकुरी संगम परिवार कास्कीको हलमा सहकारी संबन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।दर्शन बचत तथा ऋण सहकारी संस्था लि.ले सहकारीको बारेमा चेतना फैलाउन सहकारी अभिमुखिकरण कार्यक्रम गरेको उक्त सहकारीका अध्यक्ष राजाराम शाहीले जानकारी दिनुभयो ।

 

 

 

 

कार्यक्रममा प्रशिक्षक भेषराज बरालले सहकारीमा हरेकको आवश्यकता भएको बताउदै कार्यक्रम अवधिभर सहकारीको अवधारणा सम्बन्धी कुराहरु जानकारी गराउनुभएको थियो ।साथै प्रशिक्षक बरालले सहकारीको सञ्चालक समिति , लेखा तथा सुपरिवेक्षण समिति, ऋण तथा लगानी समितिका काम, कर्तव्य तथा सहकारी ऐनका बारेमा प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रममा नेपाल ठकुरी संगम परिवार कास्कीका अध्यक्ष शेर बहादुर उच्चै , नेपाल ठकुरी महिलाका अध्यक्ष सरस्वती हमाल , नेपाल ठकुरी भुपु परिवार कास्कीका अध्यक्ष फम सिंह नेपाल ठकुरी युवा परिवार कास्कीका सचिव मोहन शाही , दर्शन बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक समिति , लेखा तथा सुपरिवेक्षण समिति, ऋण तथा लगानी समिति लगाएतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...