ग्लोवल आइएमइ बैंकको बैंकिङ साक्षरता कार्यक्रम

पोखरा । ग्लोबल आइएमई बैंक गण्डकी प्रदेश कार्यालयको आयोजनामा मंगलबार पोखरामा बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।बैंकको सामाजिक उत्तरदायित्व अन्तरगत गण्डकी प्रदेशका मुख्य व्यापारिक तथा ग्रामिण क्षेत्रहरुमा बैंकिङ साक्षरता कार्यक्रम जारी रहेको गण्डकी प्रदेश कार्यालयका प्रमुख महेश सिलवालले वताए ।

कार्यक्रमको सहजकर्ता समेत रहेका सिलवालले ग्लोबल आइएमई र्बैकको हालको कूल निक्षेप दुई सय ८३ अर्ब, कुल कर्जा दुई सय ४३ अर्ब साथै चुक्तापुँजी २१ सय ६३ अर्ब रहेको समेत वताए ।

 

बैंकका नियमित ग्राहक, प्रतिष्ठित व्यवसायी, व्यवस्थापन अध्ययनरत विद्यार्थी एवं बैंक कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा ट्रान्जेक्सन बैंकिङ प्रमुख प्रकाश पौडेल, शाखा प्रमुखहरु अर्जुन पौडेल, अरुण भाट, मन्दिप वराल लगाएतले सबैका लागि बैंक को रुपमा उत्कृष्ठ सेवा दिने बैंकको प्रतिवद्धता अनुरुप बैंकले विभिन्न सेवा सुविधाको प्रदान गरेको वताएका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...