पोखरा वडा न.८ को कार्यालय न्यूरोडमा बन्ने, काबा प्रमुख गुरुङद्धारा शिलान्यास

पोखरा, मंसिर २९ गते ।पोखरा महानगरपालिका वडा नम्वर ८ को नयाँ वडा कार्यायल भवनको बुधबार शिलान्यास भएको छ । भवनको पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले आज शिलान्यास गर्नुभयो । नागरिकलार्ई सहज र सरल रुपमा सेवा प्रवाह गर्ने उदेद्दश्यले सुविधा सम्पन्न भवन निर्माण गर्न लागिएको बताउनुभयो ।

नागरिकलाई सेवा दिने वडा कार्यालयहरु व्यवस्थित र सुविधान सम्पन्न हुनुपर्ने मान्यता सहित कार्यालय निर्माणका कामलाई प्राथमिकतामा राखेर अगाडी बढेको बताउनुभयो । कार्यक्रममा पोखरा महानगरका प्रवत्ता धनबहादुर नेपाली, महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्याल, वडा नम्वर १ का अध्यक्ष शारदा पराजुली, वडा नम्वर ३ का वडा अध्यक्ष रविन्सन प्रजु, पोखरा ८ का वडा सदस्य कृष्णमान ठुसाजु लगायतले वडा कार्यायहरु व्यवस्थित भए मात्रै नागरिकले सहज र सरल रुपमा सेवा प्राप्त गर्ने बताउनुभयो ।

पोखरा महानगरपालिकाको मुख्य सडक न्यूरोडमा रहेको १४ आना जग्गामा सुविधा सम्पन्न भवन निर्माण हुने महानगर वडा नम्वर ८ का अध्यक्ष रुद्रनाथ बरालले बताउनुभयो । ३ करोड ३६ लाखमा निर्माण हुने भवनमा अण्डरग्राउण्ड दुई तला पार्किङ सहित पाँच तले हुने छ । हाल पोखरा ८ को वडा कार्यालय सृजनाचोकमा रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...