काठमाडौं, मङ्सिर २९ गते । नेकपा (एमाले) को केन्द्रीय कमिटी सदस्यमा मनोनित सदस्यहरुले आज सपथ लिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले मनोनित सबैलाई सपथ गराएका छन् ।
मनोनित ४४ मध्ये सात जना यसअघि नै केन्द्रीय कमिटीमा रहिसकेकाहरू र ३७ जना नयाँ हुन् । यही मङ्सिर २५ र २६ गतेको दोस्रो केन्द्रीय कमिटी बैठकले सदस्य मनोनयन गरेको थियो ।