पोखरा महानगरका १० वडामा नगर युवा परिषद् गठन

पोखरा, पुस १ गते ।पोखरा महानगरपालिकाका १० वटा वडामा नगर युवा परिषद् वडा समिति गठन गरिएको छ ।महानगरपालिका भित्रका युवाहरुको क्षमता अभिवृद्धि र सिपमूलक कार्यक्रममा जोड्ने उद्देश्यसहित गत वैशाखमा महानगर युवा परिषद् गठन गरेपछि वडा स्तरीय समिति गठन कार्य अगाडि बढाइएको हो ।महानगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष हरिबोल गौतमका अनुसार अबको एक महिनामा सबै वडामा युवा नगर परिषद् गठन गरिने बताए ।


गौतमका अनुसार वडा नम्बर ८ मा सञ्जीव बराल, १० मा विजय घिमिरे, १९ अशोक अधिकारी, २१ मा रोशन भट्टराई, २३ राजु घले २८ मा विष्णु भण्डारी सुवेदी, ३० मा सुमित जिसी, ३१ मा विनोदबाबु लामिछाने, ३३ महेश्वर अर्याल अध्यक्ष रहेको वडा नगर युवा परिषद् गठन गरिएको हो ।

निकट भविश्यमा महानगरले युवालाई लक्षित गरी युवा उद्यम तथा स्वरोजगार सम्बन्धी तालिम आयोजना गरिने गौतमले जानकारी दिए । राज्यको नीति निर्माण बारे जानकारी दिन युवासँग सांसद कार्यक्रम पनि सञ्चालन गरिने गौतमको भनाइ छ । महानगर पालिकाका युवाहरुलाई उत्पादनमा जोड्दै राज्यको नीति निर्माणमा सहभागी गराउने लक्ष्य महानगर युवा परिषद्ले लिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...