एमाले कास्कीको अध्यक्षको जिम्मेवारी मनबहादुर गुरुङलाई

पोखरा, पुस १ गते ।नेकपा एमाले कास्कीको कार्यबाहक अध्यक्षको जिम्मेवारी मनबहादुर गुरुङ्गले पाउनु भएको छ । नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा केन्द्रीय सदस्यमा विजयी भएपछि अध्यक्ष पद छाडनु भएको हो ।

मंसिर १० देखि १३ गतेसम्म चितवनमा भएको महाधिवेशनबाट थापा केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । केन्द्रीय सदस्यमा भएसंगै जिल्ला अध्यक्षबाट विदा लिदै वर्तमान उपाध्यक्ष गुरुङ्गलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिनुभएको हो ।

 

कार्यबाहक अध्यक्ष गुरुङ्गले शक्रबार जिल्ला पार्टी कार्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ । गुरुङ्ग हाल गण्डकी प्रदेश सभा सदस्य समेत हुनुुहुन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...