मालोपाटनमा खुल्यो स्माइल मार्ट  

पोखरा / पोखरा–५ मालेपाटन गणतन्त्र चोकमा स्माइल मार्ट सचालनमा आउने भएको छ । मार्टको पुष १० गते औपाचारीका उद्याटन हुने संचालक कृष्ण प्रासाद भट्टराईले जानकारी दिए । यस मार्टमा दैनिक उपभोग्य सामान सुपथ मुल्यमा उपलब्ध हुनेछन् । कस्मेटीक, पेयपदार्थ, किचनवेयर लगाएत इलेक्ट्रोनिक्स सामान उपलब्ध हुने संचालक भट्टराइले जानकारी दिए ।

उद्याटन देखी पौष १७ गतेसम्म हरेक सामान खरिद गर्दा ५ देखी २५ प्रतिशतसम्म छुट रहेको भट्टराइले जानकारी दिए । तीन हजार भन्दा माथिको खरिदमा निशुल्क होमडेलीभरीको सुविधा रहेको छ । मार्टमा गएर खरिद गर्न चाहने ग्राहकका लागि निशुल्क सुविधायुक्त पार्किङको व्यवस्था रहेको छ । ४ करोडको लागतमा खुलेको मार्टले त्यस क्षेत्रका उपभोक्ताले एकै ठाउबाट आफुलाई चाहिने सामानको खरिद सुविधा लिन सक्ने छन् ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...