पोखरा, माघ १५ गते । एपिएफ क्लबले पहिलो पटक आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । शनिबार पोखरा रंशालामा भएको फाइनल खेलमा एपिएफले मनाङस्यार्दी क्लबलाई टाइबे्रकरमा ५–४ को जित निकाल्दै उपाधि जित्दै इतिहास रचेको छ । दोश्रो पटक फाइनल पुगेको एपिएफले छैठौ पटकको उपाधि विजेता मनाङलाई पराजित गदै नगद १० लाख सहित ट्रफि उचाल्यो ।
उवविजेता मनाङले पाँच लाखमा चित्त बुझान बाध्य भयो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । थप गरिएको अतिरिक्त समयमा दुवै टिमले एक एक गोल थप्दै खेल २–२ को अवस्थामा पुर्याए । खेल बराबरी भएपछि विजेता छु्ट्याउन पेनाल्टी सुटआउटको सहारा लिइएको थियो । पहिलो हाफको २० मिनेटमै एपिएफले गोलको खाता खोलेको थियो । एपिएफका युवराज खड्काले गोल गदै अग्रता दिलाएका थिए ।
पहिलो हाफमै गोलको सामना गरेको मनाङले बराबरी गोल फर्कायो । मनाङका दयानन्द सिंहले ८३ औ मिनेटमा गोल गदै खेल १–१ को बराबरी बनाए । अतिरिक्त समयमा दुवै टिमले एक÷एक गोल थप्दै २–२ को बराबरी गरे । टाइबेकरमा मनाङका विदेशी खेलाडी ओलावाले अफिजको प्रहारलाई एपिएफका गोल रक्षक कियम युआले बचाउ गरेपछि सातौ पटक आहा राराको उपाधि उचाल्ने मनाङको सपना चकनाचुर बनाउदै पहिलो पटक आहा राराको नयाँ च्याम्पियनका रुपमा उदायो ।