मौलिक खेल ठेलो संरक्षण गर्न पोखरामा प्रतियोगिता ( नियम यस्ता छन्)

पोखरा, फागुन १ गते ।पोखरामा पहिलो पटक सरकारीस्तरबाट छेलो प्रतियोगिता आयोजना हुने भएको छ । नेपालको मौलिक खेलको रुपमा रहेको छेलोलाई राष्टिय खेलकुदमा समावेश गर्ने उद्देश्य सहित पहिलो पटक सरकारी निकायबाटै प्रतियोगिताका रुपमा सञ्चालन गर्न लागिएको हो । गण्डकी प्रदेश सरकार स्थापनाको अवसरमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत प्रदेश खेलकूद परिषदले प्रदेश सरकार स्थापनाको चौथो वर्षको अवसरमा पोखरामा मौलिक ‘छेलो प्रतियोगिता आयोजना गर्न लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मौलिक तथा परम्परागत छेलो खेलको संरक्षण गर्ने उद्देश्य सहित आगामी फागुन ३ गते पोखरा रंगशालामा प्रतियोगिता आयोजना गर्न लागिएको गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले जानकारी दिनुभयो । प्रतियोगिता तीन ईभेन्टमा सञ्चालन हुने परिषदका सदस्य सचिव गुरुङले बताउनुभयो । उहाँका अनुसार सो प्रतियोगितामा पुरुषतर्फ सानो र ठूलो तथा महिलातर्फ सानो गरी ३ ईभेण्टमा खेलाडीहरुले सहभागिता जनाउनेछन् ।

गुरुङले प्रतियोगितामा सबै ईभेण्टमा प्रथम हुने खेलाडीले मेडल तथा प्रमाणपत्र सहित जनही नगद २० हजार रुपैयाँ प्राप्त गर्ने जानकारी दिनुभयो । त्यस्तै द्वित्तिय र तृतीय स्थान प्राप्त गर्ने खेलाडीले मेडल तथा प्रमाणपत्र सहित क्रमश १० हजार र ५ हजार नगद जित्ने छन् । प्रतियोगितामा करिब ८० जनाको सहभागिता रहने अनुमान गरिएको प्रतियोगिता सयोजक एंव प्रदेश खेलकुद परिषदका सदस्य योगेन्द्र शेरचनले जानकारी दिनुभयो ।ठेलो प्रतियोगिताका लागि दश वटा नियम समेत बनाइएको छ ।कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव वद्रीनाथ अधिकारी, परिषदका कार्यकारी सदस्य तारामाया थापा मगरले लगायतले बोल्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...