पोखरा, फागुन ३ गते । बुधबार गण्डकी प्रदेशमा सार्वजनीक विदा घोषणा गरिएको छ । प्रदेश स्थापना दिवसका अवसरमा भोली बुधबार गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । २०७४ साल फागुन ४ गते गण्डकी प्रदेश सरकार गठन भएको हो । पृथ्वीसुब्बा गुरुङ नेतृत्वमा गण्डकीमा सरकार गठन भएको थियो । प्रदेश सरकार गठन भएको दिनलाई नै सरकारले प्रदेश दिवस मनाउँदै आएको छ ।