खेलकुद महासंघ गण्डकी प्रदेश आयोजक कमिटी सदस्यहरुको सपथ ग्रहण

पोखरा, फागुन १० गते । नेपाल खेलकुद महासंघ गण्डकी प्रदेशको प्रथम अधिबेशनको तयारी तिव्र पारिएको छ । अधिवेशन अन्र्तगत आयोजक कमिटीको सदस्यमा मनोनित गण्डकी प्रदेशका सदस्यहरुको सपथ ग्रहण तथा पहिलो बैठक सम्पन्न भएको छ ।

नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा युवा संघ गण्डकी प्रदेश संयोजक विष्णु पुनले आयोजक कमिटी सदस्यहरुलाई सपथ गराउनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले गण्डकी प्रदेश सचिव एवं प्रदेश सभा सदस्य धनन्जय दवाडीले खेलकुद राष्ट्रिय एकताको आधार भएको बताउदै खेलकुद महासंघले खेलाडीको हकहितका पक्षमा आवाज बुलन्द गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले खेलकुदका माध्यबाट नेपाल र नेपालीको पहिचान विश्वभर फैलिने भएकाले खेलकुद क्षेत्रको विकृति र विसंगतिलाई अन्त्य गदै खेलाडीहरुको व्यवसायिकताका लागि काम गर्न सुझाव दिनुभयो ।

उहाँले नेकपा एमालेको विचार र नीतिलाई खेलकुद क्षेत्रमा स्थापित गदै खेलाडीहरुलाई सगठित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मदन भण्डारीका जनताको बहुदलिय जनबाद(जवज)को सिद्धान्त अनुसार हरेक क्षेत्रमा श्रेष्ठता प्राप्त गर्ने गरी एमालेका जनवर्गिय संगठनहरु लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले खेलकुदले नेपाल र नेपालीको इज्जत प्रतिष्ठा विश्वसामु चिनाउने बताउदै खेलकुद क्षेत्रको विकासमा खेलकुद महासंघले सकरात्मक भुमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले खेलकुद सवैका लागि आवश्यक रहेको बताउदै पोखरामा हुने महासंघको अधिवेशन नमुना बन्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सबै संघसंगठनहरु पार्टीको विधि र विधान अनुसार चल्नुपर्ने समेत बताउनुभयो । कार्यक्रममा खेलकुद महासंघका केन्द्रीय उपमहासचिव शान्ता माया परियार खेलकुद महासंघ सबैको साझा संस्थाको रुपमा रहेको बताउदै देश र एमालेलाई चिनाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

 

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य ऋषि गौतमले खेलकुद महासंघले खेलकुद क्षेत्रको विकासमा सहयोगीका रुपमा भुमिका निर्वाह गनुपर्नेमा जोड दिनुभयो । महासंघका प्रदेश संयोजक विष्णु पुनले सवैको साझा फोमबा रुपमा खेलकुद क्षेत्रको विकासका लागि भुमिका खेल्ने बताउुनभयो । उहाँले पोखरामा फागुनमा हुने अविधवेशनले नयाँ नेतृत्व चयन गदै गतिशिल रुपमा अगाडी बढने दावी गर्नुभयो । पोखरामा सम्पन्न पहिलो बैठकले अधिवेशन भब्य, सभ्य रुपमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन समेत गरेको छ भने प्रतिनिधि चयनका लागि मापदण्ड समेत तोेकेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...