पोखरा, फागुन १२ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि पोवखरा आउदैछन् । एमाले गण्डकी प्रदेश संगठन कमिटीको प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा भाग लिन ओली पोखरा आउन लागेको एमाले प्रदेश उपसचिव रश्मी आचार्यले जानकारी दिए ।
उक्त कार्यक्रममा विभिन्न पार्टीका सयौं नेता तथा कार्यकर्ता एमाले प्रवेश गराउने तालिका रहेको आचार्यले बताए ।कार्यक्रममा जसपा, माओबादी, काँग्रेस लगायतका पार्टी परित्याग गरी सयौ एमाले प्रवेश गर्न लागेको बताइएको छ । स्थानीय तहका प्रभावशालि नेताहरु एमालेमा आउन लागेको स्रोतले जनाएको छ ।
स्थानीय तहको निर्वाचनको पूर्व तयारीका सन्दर्भमा सम्बन्धमा समेत कार्यक्रममा छलफल हुने भएको छ । कार्यक्रम पोखरा सभागृहमा दिनको ठिक ११ बजे कार्यक्रम आयोजना गरिएको छ ।