कृषि विकास बैंक कर्मचारी संघ गण्डकीको संयोजकमा थापा

पोखरा, फागुन २१ गते । कृषि विकास बैंक कर्मचारी संघ नेपाल गण्डकी प्रदेशको संयोजकमा सन्तोष थापा सर्वसम्मत चयन हुनु भएको छ । शनिबार पोखरामा सम्पन्न कर्मचारीहरुको भेलाले थापाको संयोजकत्वमा गण्डकी प्रदेशस्तरीय १३ सदस्यीय समिति पुर्नगठन गरेको हो ।


समितिको सह–संयोजकमा सुमन सुबेदी चयन हुनुभएको छ । यस्तै समितिको सदस्यहरुमा डोलराज गैह्रे, भिम बहादुर थापा, सन्दीप अधिकारी, कुशल तिवारी, संगीता पहारी, याम प्रसाद भुषाल, शर्मिला गौतम, रामचन्द्र अधिकारी, सरस्वती पाण्डे र सुनिल ढेवाजु हुनुहुन्छ । समितिले एक जना सदस्य पछि थप गर्ने निर्णय गरेको छ ।

 

यस्तै, भेलाले ९ जना सल्लाहकार समिति पनि चयन गरेको नवनिर्वाचित संयोजक थापाले जानकारी दिनुभएको छ । भेलाले आज नै प्रदेशभरका ११ जिल्लाको जिल्ला समिति पनि चयन गरेको छ । “बिशुद्द पेशागत हक हितका लागी कर्मचारी एकता, पारदर्शी र गतिशील ब्यबस्थापन आजको आबश्यकता” भन्ने उद्देश्यका साथ भेला सम्पन्न भएको जनाइएको छ ।

 

यसअघि कृषि विकास बैंक कर्मचारी संघ नेपालका केन्द्रीय संयोजक लिला जि.सीले कार्यक्रम उद्घाटन गर्नुभएको हो । केन्द्रीय संयोजक जि.सीले पेशागत हकहितका लागि संघका कर्मचारी गोलबद्ध हुन आवश्यक रहेको बताउनु भएको थियो । बैंकका गण्डकी प्रदेश निर्देशक घनेन्द्र अधिकारी, सचिवालय सदस्य नरहरी प्रसाद दुलाल, पेशगत महासंघ केन्द्रीय सदस्य तथा संघका सल्लाहकार महेश प्रसाद पौडेल, पुर्व कर्मचारीहरु टेकराज तिमल्सीना, झलक बहादुर भण्डारी, रत्न बहादुर महत, बैंकका कर्मचारी हिमलाल श्रेष्ठ र ऋषिराम रेग्मी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कृषि बिकास बैंक कर्मचारी संघ नेपालका गण्डकी प्रदेश संयोजक भेषराज घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संगीता पहारी र सञ्चालन सुमन सुबेदीले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...