हिंसामुक्त कार्यस्थलमा जोड

पोखरा, फागुन २६ गते ।कार्यस्थलमा हुने हिंसा न्यूनीकरणका लागि सकारात्मक सोचसँगै कानुन कार्यान्वयनमा जोड दिइएको छ । ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा पोखरामा बिहीबार आयोजित ‘महिलाको सफलताको लागि हिंसामुक्त कार्यस्थलको आवश्यकता’ विषयक अन्तत्र्रिmयाका वक्ताले सो कुरामा जोड दिएका हुन् ।

मिडिया एड्भोकेसी गु्रप÷सोलिडारिटी सेन्टरको आयोजनामा भएको सो कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोलाले कार्यस्थलमा हुने हिंसा न्यूनीकरणका लागि पीडित पक्षले सहजरुपमा उजुरी दिने वातावरण हुनुपर्नेमा जोड दिए । उनले कार्यस्थलमा ११ देखि १४ प्रतिशतसम्म महिला हिंसा हुने गरेको उल्लेख गर्दै कानुनको कार्यान्वयन फितलो हुँदा यसखालको समस्या सिर्जना भएको बताए ।

 

राष्ट्रिय मानवअधिकार आयोग प्रदेश कार्यालय पोखराका प्रमुख चन्द्रकान्त चापागाईंले नेपालले महासन्धिमा पक्ष राष्ट्र भए पनि राज्यले कार्यान्वयन तहमा लैजान नसकेको बताए । उनले समतामूलक विकासमा लैंगिक हिंसा चुनौतीको विषय भएको उल्लेख गरे ।

 

कार्यपत्र प्रस्तुत गर्दै नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष जमुना वर्षा शर्माले आइएलओको ‘कामको संसारमा हुने हिंसा तथा दुव्र्यवहार उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि’ पारित हुनुपर्नेमा जोड दिइन् । उनले पितृसतात्मक सोच कायमै रहँदा कार्यस्थलमा महिला हिंसामा पर्दै आएको उल्लेख गर्दै पीडितको गोपनीयतामा समेत ध्यान दिनुपर्नेमा बताइन् ।

 

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले समाजमा खाना र नानाको अभावले विभिन्न विकृति हुने गरेको उल्लेख गरे । उनले कार्यस्थलमा महिला हिंसाविरुद्ध आफ्नो जानकारीमा जिल्ला प्रशासन कार्यालयमा हालसम्म भने कुनै उजुरी नपरेको बताए ।संविधानसभा सदस्य तेजकुमारी पौडेलले नेपालको सामन्ती व्यवस्थाले महिला घरेलु हिंसामा पर्दै गएको बताइन् । उनले महिला अधिकारको रक्षाका लागि सबै जना एकजुट हुनुपर्नेमा जोड दिइन् ।पोखरा वडा १ की अध्यक्ष शारदाकुमारी पौडेलले हिंसामुक्त समाजको लागि घरबाटै पहल गर्नुपर्नेमा जोड दिइन् ।

 

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, पोखराका कार्यकारी निर्देशक निर्मला न्यौपानेले मानिसको चेतनाले नै आफ्नो व्यवहार निर्देश गर्ने उल्लेख गरिन् । उनले आमाको नाममा नागरिकता लिन थुप्रै कानुनी झन्झट व्यहोर्नुपर्ने समस्या रहेको सुनाइन् ।पोखरा उद्योग वाणिज्य संघ महिला उद्यम विकास समिति संयोजक मुना बास्तोलाले महिला निर्णायक तहमा नहुँदा उनीहरुको आवाज सधैं दबिने गरेको गुनासो गरिन् ।

 

पत्रकार सुरेश रानाभाटले कार्यस्थलमा हुने महिला हिंसा निराकरणका लागि ‘ह्वाई कल्चर’ को विकास गर्नुपर्ने बताए ।कार्यक्रममा विवेकशील साझाका केन्द्रीय सदस्य श्रीकृष्ण श्रेष्ठ, नेपाली काँग्र्रेस प्रदेश सदस्य लालीमाया शर्मा, तालबाराही आरति समूह अध्यक्ष मंगल नेपाली, पत्रकार शिवराज बस्ताकोटी ‘शिव दाइ’ लगायतले बोलेका थिए । कार्यक्रम संयोजन राधिका कँडेलले गरेकी थिइन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...