पोखरामा १५ औं बिटी कप सुरु

पोखरा, चैत १८ गते ।पोखरामा १५ औं संस्करणको बिटी कप पाँचौ बिरेन स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिता सुरु भएको छ ।बुद्धटोल क्बलको आयोजनामा पोखरा महानगरपालिका १ बगर स्थित पुरानो टुडिखेलमा सशत्र प्रहरी बलका डिआईजी शम्भु सुवेदीको प्रमुख आतिथ्यतामा आज देखि फुटबल प्रतियोगिता सुरु भएको हो ।


प्रतियोगिताको उद्घाटन खेलमा नारायण गोपाल एजुकेशन प्रालिले जित निकालेको छ । आयोजक टिम निलोलाई १–० गोल अन्तरले सँघर्षपूर्ण जित निकाल्दै नारायण गोपाल एजुकेशन प्रालि दोस्रो चरणमा प्रबेश गर्यो । नारायण गोपालको जितमा सुमित श्रेष्ठले निर्णायक गोल गरे । यसैगरी दोस्रो खेलमा मानारथा चर्च ब्याईजलाई बाझापाटन क्लबलाई १–० गोलले पराजित गर्दै दोस्रो चरणमा स्थान बनायो ।

 

क्लबका अध्यक्ष विजया गुरुङका अनुसार नंयागल्ली एफसी र ट्रेजर एफसी बिच भएको अन्तिम खेल गोलरहित भएपछी ट्राईबेकरमा नंयागल्लीले २–१ गोल अन्तरले पराजित गर्यो ।आगामी २६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा कुल ६२ टिमको सहभागिता रहेको अध्यक्ष गुरुङले बताईन् । गुरुङका अनुसार प्रतियोगिताको विजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ५१ हजार १ सय ५१ रुपैया प्राप्त गर्ने बताए ।

 

उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ९१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । उनले सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट हुने खेलाडीलाई ट्रफि सहित ७ हजारद्वारा पुरस्कृत गरिने जानकारी दिईन् ।यसैगरी उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई समान ५÷५ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने छ भने अनुशासित टिमलाई ८ हजार र ट्रफि प्रदान गरिने छ आयोजकले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...