दक्षिण कोरियामा ९३ हजार कोरानाका नयाँ सङ्क्रमित

४ बैशाख : दक्षिण कोरियामा २४ घण्टाको समयाअवधी अर्थात शनिबार मध्यरातसम्म ९३ हजार नयाँ कोभिड–१९ सङ्क्रमति भेटिएका छन् । यसैसँगै कूल संक्रमितको संख्या १ करोड ६३ लाख ५ हजार ७५२ पुगेको स्वास्थ्य अधिकारीहरूले आइतबार जनाएका छन् ।

दक्षिण कोरियामा अघिल्लो दिन एक लाख ७ हजार ९१६ जनामा कोरोना सङ्क्रमण भएको रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए) ले जानकारी दिएको थियो । यहाँ एक हप्ताअघि एकै दिनमा एक लाख ६४ हजार ४५६ जनामा कोरोना सङ्क्रमण भएको थियो । यहाँ कोरोना सङ्क्रमण घट्ने क्रममा रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

गत २४ घण्टामा अर्थात शनिबार मध्यरातिसम्म कोरोना सङ्क्रमणको कारण २०३ जनाको मृत्यु पुष्टि भएपछि कूल मृतकको संख्या २१ हजार ९२ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । यहाँ खोपको दुई डोज प्राप्त गर्ने व्यक्तिहरूको संख्या चार करोड ४५ लाख २६ हजार ४७१ पुगेको जनाइएको छ । यो संख्या दक्षिण कोरियाको कूल जनसंख्याको ८६.८ प्रतिशत भएको जनाइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...