पोखरा ११ वैशाख । नेपाली काग्रेसका मादी गाऊपालिकाका उपसभापति, तथा हेवी इकुमेन्ट व्यवसायी संघका केन्द्रिय सदस्य लिला मोहन कुइकेल हिजो रास्ट्रिय प्रजातन्त्र पार्टी मा प्रवेश गरेका छन् । राप्रपाका गण्डकी प्रदेश प्रमुख पञ्चराम गुरुङ, केन्द्रिय सदस्य डा महेन्द्र कार्की, केन्द्रिय सदस्य शंकर खराल र जिल्ला अध्यक्ष नारायण गुरुङले कुइकेललाई पार्टीको सदस्यता पत्र सहित टिका लगाएर पार्टीमा प्रवेश गराएका थिए । नेपाली काग्रेसको राजनीतिमा बिधार्थी कालदेखि सक्रिय रहेका कुइकेलले पार्टी प्रवेश पछि आफ्ना विचार राख्दै आफु नेपाली काग्रेस प्रति असन्तुस्ट रहेको र हिन्दुरास्ट्र, सवैधानिक राजतन्त्र, भ्रस्टचारको अन्त र संघियताको खारेजीका लागि अबको विकल्प राप्रपा नै रहेकोले राप्रपा प्रवेश गरेको बताए । राप्रपामा प्रवेशसगै पार्टीले कुइकेललाई स्थानिय निर्वाचनमा मादी गाऊपालिकाको अध्यक्ष पदमा उमेदवार घोषणा समेत गरेको छ । उनि सगै हिजो नै नेविसघ छाडेर मादी गाऊपालिका ५ निवासी सन्तोष तिवारी, शिवसेनामा लामो समय राजनीति गरेका पोखरा महानगरपालिका वडा न ५ निवासी भेशराज कोइराला, सञ्जय पराजुली, नागेन्द्र पराजुली, प्रकाश पराजुली, बसन्त थापा, जयेन्द्र भट्टराई लगायतले पार्टी प्रबेश गरेका थिए ।
